कर्णालीको मुख्यमन्त्रीमा राजकुमार नियुक्त्
कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।
कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बुधबार शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो ।
उनले २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । जसमा माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसद छन् ।
रुकुम पश्चिम ‘ख’बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचिन शर्मा माओवादीको पोलिटब्युरो सदस्य हुन् ।