जेष्ठ ६, २०८१ आईतबार

प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९, विपक्षमा ३२ मत परेको थियो ।

प्रदेश १ मा ९३ मध्ये एक जना अनुपस्थित रहे । एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्की पुस २४ गते एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनमत र जसपाका एक–एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ४ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]