बैशाख ८, २०८१ शनिबार

माछा पालनमा आकर्षित हुँदै झापाका किसान

गगन ढकाल
झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको पाइएको हो ।

आर्थिक वर्ष ०७५÷७६ मा जिल्लाभरी नौ सय ११ घरपरिवारले माछा पालन गरिरहेका थिए भने हाल त्यो संख्या नौ सय ६१ घर परिवारमा पुगेको छ । आर्थिक वर्ष ०७६÷७७ मा नौ सय २७ घरपरिवारले गरिरहेका माछा पालन ०७७÷७८ मा नौ सय ४८ घर परिवार पुगेको थियो ।

लगातार कृषकहरुको माछा पालनमा आकर्षण बढ्नु मुख्य कारण थोरै जमिनमा धेरै आम्दानी रहेको पशु ज्ञान केन्द्रको माछा विभागकी कर्मचारी सोनी लिम्बू बताउँछिन् । उनी भन्छिन् ‘माछाको माग अनुसार उत्पादन नभएकाले माछाको बजार राम्रो छ, बजार नपाउने भन्ने समस्या छैन । फेरि यसमा अन्य पशुहरुमा झै हैजाहरु पनि नलाग्ने भएकाले किसानहरु मछा पालनमा आकर्षित भइरहनु भएको छ ।’

झापामा उत्पादनको हिसाबमा हेर्ने हो भने आर्थिक वर्ष ०७५÷७६ मा एक हजार ७७ दशमलब ७७ मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७६÷७७ मा ११ सय ३७ दशमलब ९ मेट्रिक टन र आर्थिक वर्षमा ०७७÷७८ मा १२ सय ९९ दशमलब ५९ मेट्रिक टन माछा उत्पादन भएको पाइन्छ ।

माछालाई एकै पोखरीमा तीन तहमा तीन प्रजातीको माछा पाल्न सकिने ज्ञान केन्द्रकी कर्मचारी लिम्बूले जानकारी दिइन् । उनी भन्छिन् ‘एकै पोखरीमा तीन तहमा माछा पाल्न सकिने भएकाले माछामा राम्रो उत्पादन हुने गर्दछ । जसले गर्दा पनि आम्दानी बढ्दछ ।’

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकमा माछा पालनमा किसानको आकर्षण बढेको देखिएता पनि वास्तविकता भने फरक रहेको नेपाल मत्स्य व्यवसायी संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटी बताउँछन् । उनी भन्छन् ‘जिल्लाभर भारतीय माछाको प्रभावका कारण किसानहरु मारमा परेका छन् । भारतीय बजारबाट सस्तो मूल्यमा मरेका माछाहरु आउँछन् जसले गर्दा हाम्रो माछाले उचित मूल्य पाउँदैन र हामी घाटा व्यहोर्न बाध्य छौँ ।’, उनी भन्छन् ‘हामीले सरकारसँग केही माग गरेका छैनौ । भारतीय माछा जो क्वारेन्टाइन पनि परीक्षण नभइ आउँछन्, मरेको हुन्छन्, खान अयोग्य हुन्छन् ति माछाहरुलाई रोकिदिए मात्र पनि हुन्थ्यो ।’ उनी थप्छन् ‘नगर पालिकाहरुले तेस्ता माछालाई रोक लगााई रहेका छन् । यद्यपी माछाहरु तस्करी भएर आइरहेकाले हामी मारमा परेका छौँ । भारतीय माछा आउन नछाड्ने हो भने हामीले पोखरी पुर्न बाध्य हुनपर्ने अवस्था आएको छ ।’

बिर्तामोड नगरपालिकाले मरेका माछा र मागुर माछाको विक्रि वितरणमा रोक लगाइसकेको छ ।

 

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]