जेष्ठ ६, २०८१ आईतबार

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो ।

उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।

सत्तागठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको ६० सांसदमध्ये ५७ जनाले दनुवारको पक्षमा मतदान गर्दा सभामुख बाबुराम गौतम तटस्थ बसे । एमालेका दुई सांसद मत विभाजनका क्रममा उपस्थित थिएनन् ।

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]