चैत्र १५, २०८० बिहीबार

स्ववियुको मुख्य एजेण्डा शैक्षिक सुधार : खतिवडा

त्रिविले स्ववियु निर्वाचनको तयारीका लागि क्याम्पसहरुलाई निर्देशन दिइसकको छ । ०७९ चैत ५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विधार्थी नेतृत्व चयन हुन सकेको थिएन । विधार्थीमा राजनीतिक चेत र अधिकारका लागि काम गर्ने स्ववियु निर्वाचन बारे अनेरास्ववियु १ नं.प्रदेश कमिटी सदस्य, विद्यार्थी नेता अशोक खतिवडासँग पत्रकार गगन ढकालले गरेको संक्षिप्त कुराकानी :

स्ववियु निर्वाचनको मिति तोकिएको छ । कस्तो तयारी भइरहेको छ ?

हो, निर्वाचनको मिति तोकियो । लामो समयदेखि हुन नसकिरहेको विधार्थीको मुल चुनाव हुने कुराले हामी खुशी छौं । हाम्रो संगठन आवश्यक तयारीमा लागिसकेको छ । खासगरी, स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हकहीत, शैक्षिक सुधार तथा विद्यार्थीको व्यक्तित्व विकासको रुपमा रहेको त्रिविको आधिकारीक निकाय हो । लामो समयसम्म विभिन्न बहाना बनाउदै त्रिविले निवार्चन टार्न खोज्दै गरेको अवस्था थियो । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गराउने भएको छ । केही संगठनहरुले विभिन्न बाहना देखाउँदै निर्वाचन रोक्न पनि खोजिरहेका छन् यद्यपि, अनेरास्ववियु यस निवार्चनको सहृदय स्वागत गर्दछ ।

अनेरास्ववियुका विभिन्न तहगत कमिटीहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा सरकारका उच्चपदस्थ व्यक्तित्वसँग समेत घनिभूत छलफल गरी निर्वाचनको लागि दबाब सिर्जना गरेको कुरा सर्बविविदै छ । हामीले सदैब सिर्जनामुलक कार्यक्रम गर्दै आएको र पछिल्लो पटक विश्वविद्यालयका उच्च पदाधिकारीहरुसँग छलफल गरेको परिणाम हो हाल हुन लागेको स्ववियु । अहिले तोकिएको मिति मै स्ववियु निर्वाचन हुने कुरामा म आशावादी छु ।

स्ववियु किन चाहियो ?

स्ववियुको आवश्यकता मुख्यः विद्यार्थीका हक अधिकार सुनिश्चित गर्ने कुरामा नै हो । जस अन्र्तगत शैक्षिक विकृति अन्तत्य गर्ने, क्याम्पस तथा विश्वविद्यालयहरुको चौर्तफी बिकास अन्र्तगत भौतिक संरचानाको विकास, विद्यार्थीको पठनपाठनको गुणस्तर वृद्धि, अतिरिक्त क्रियाकलापमा जोड तथा व्यक्तित्व बिकासमा साथै समग्र शैक्षिक प्रणालीको सुव्यवस्थको पुननिर्माण गर्नका निम्ति स्ववियुको महत्वपुर्ण भूमिका रहन्छ । यति मात्रै हैन स्ववियुले विद्यार्थीहरुमा राजनीतिक चेतनाको वृद्धि गरी यस व्यवस्थालाई मजबुत बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्ववियु आवश्यक छ ।

विश्वविद्यालयको अहिलेको शिक्षाले अत्याधिक मात्रामा शिक्षित बेरोजगारहरु उत्पादन गरिरहेकाले अबको स्ववियुले विश्वसमुदायसँग सुहाउँदो दक्ष जनशक्ति उत्पादन गर्ने किसिमको शिक्षाको वकालत गर्ने छ । हाल शैक्षिक उपलब्धीहरुका निम्ति वकालत गर्न र स्वरोजगार सिर्जना गर्ने किसिमको शिक्षाको वकालत गर्न पनि स्ववियुको आवश्यकता रहेको छ ।

स्ववियुले विद्यार्थीका समस्याहरुलाई अब कसरी मुखरीत गर्छ ?

स्ववियुले विद्यार्थीका शैक्षिक क्षेत्रको समस्याहरुको हल गरी विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्ने कार्य गर्दछ । यसले शौक्षिक क्षेत्रका बिकृतिहरुको भण्डाफोर गरी शैक्षिक संस्थानलाई उत्तरदायी बनाउछ । स्ववियु भनेको विद्यार्थीहरुबाट प्रत्यक्ष रुपमा चुनिएको नेतृत्व हो । यसले क्याम्पस प्रशासनदेखि संगठनिक युनियनहरुको समेत महत्व बोकेको हुन्छ । यसले युनियनहरुका तहगत ढाँचासँगको सहकार्यमा विद्यार्थीका सबै किसिमका समस्याहरु सरकारसम्म पुर्याउने काम गर्दछ । यसका साथै विद्यार्थीको पठनपाठन लगायतका अतिरिक्त त्रियाकलापको बढवा, वैज्ञानिक शिक्षा पद्धतिको बिकास जस्ता कुरालाई एजेण्डा नै बनाएर विद्यार्थीका समस्याहरु मुखरित गर्ने काम गर्छ ।

यती मात्रै हैन अब स्ववियुले दुरदराजमा रहेको विद्यार्थीहरुलाई पनि घरमै बसी प्रविधि मार्फत शिक्षा लिने व्यवस्था पनि मिलाउनका निम्ति कार्य गर्ने छ । अब हामीले रोजगारी मुलक शिक्षा प्रधान गर्नै पर्ने आवश्यकता लगायतका विद्यार्थीहरुको समस्याहरुमा मुखरित भइ काम गर्नेछौं ।

अहिलेका विद्यार्थीका समस्याहरु के के छन् ?

विद्यार्थीका न्यूनतम समस्याहरु जस्तो क्याम्पसमा स्वच्छ खानेपानीको प्रवन्ध नहुनु, अव्यवस्थित शौचालय, असुरक्षित छात्रा शौचालय, पुस्ताकलयमा पुस्तकको अभाव, विद्याार्थीलाई यातायातको असुविधा, अव्यवस्थित विज्ञान प्रयोगशाला, सुव्यवस्थित छात्रावासको अभाव, उचित खेलकुद सामग्रीको अभाव, वार्षिक शैक्षिक तालिकाका विषयहरु (जस्तै वार्षिक परीक्षा हुने विषयहरुको परीक्षा फल समयमा नआउनु)को कमजोरीलगायत थुप्रै रहेका छन् । त्यसै गरी शैक्षिक अवस्था साथै कमजोर प्रशासन जस्ता समस्याहरु करिब करिब सबै क्याम्पसमा रहेको छ ।

स्ववियुको मोडालिटी कस्तो हुनुपर्छ ?

स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका अधिकार सँगसँगै अलिक बढि राजनीतिक एजेन्डालाई जोड दिदै आईरहेको अवस्थामा अबको स्ववियु राजनीतिक मुद्दा पनि केन्द्रित हुन्छ । यसले व्यक्तित्व बिकासमा परिमार्जन गर्ने र शैक्षिक वृद्धि बिकास, प्राविधिक शैक्षिक बिकासमा जोड गर्ने र विश्व परिवेश सुहाउदो वैज्ञानिक ढाँचाबाट शिक्षाको लागि स्ववियुमा अब्बल तथा प्रभावशाली विद्यार्थी नेतृत्व स्थापित गर्ने, समग्र शिक्षा नीतिमा समय सान्दर्भिक बनाउन सक्ने र शिक्षालाई विज्ञान प्रविधि तथा स्वथ्यसँग संयोजित रोजगार तथा उत्पादनमुखी हुने गरि श्रमशक्ति बनाउने गरिको नेतृत्व भएको स्ववियुको मोडालिटी हुनुपर्छ ।

एजेन्डा राजनीतिक कि शैक्षिक ?

हरेक रानीतिक परिवर्तनको महत्वपूर्ण र निर्णायक हिस्सा विद्यार्थी संगठनहरु हुन् । त्यस्तो महत्वपूर्ण विद्यार्थी संगठनहरु बीचको प्रतिस्पर्धा हुने स्ववियुको मुख्य एजेन्डा शैक्षिक सुधार भएता पनि यसले राजनीतिक मुद्दालाई पनि अघि सार्दछ । अबको स्ववियुले अगाडि सार्ने शैक्षिक र राजनीतिक मुद्दाले नै आउँदो पुस्ताको नेतृत्व गर्दछ । नेपाल विभिन्न रानीतिक काल खण्ड पार गर्न विद्यार्थीहरुको महत्वपुर्ण भूमिका रहेको र रहने बौद्धिक जमातको अबको संघर्ष नितान्त मुलुक समृद्ध बनाउने, सुशासन, अमनचयन, शान्ति कायम गर्नेमा केन्द्रित भई विश्व बजारमा बिक्ने, विश्व परिवेश सुहाउदो रोजगार तथा प्रविधिमा अब्बल विद्यार्थी उत्पादनमा जोड दिने मुद्दा नै अबको स्ववियुको मुख्य एजेण्डा हुनु पर्छ ।

 

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]