जेष्ठ ६, २०८१ आईतबार

को बस्ला सभामुखको कुर्सीमा ?

काठमाडौं । संघीय संसद्को सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट उम्मेदवार को बन्ने भन्ने चासो बढेको छ । सत्ता भागबण्डामा एमालेले सभामुख पाउने भएकोले सभामुख पदले एमालेका कुन नेतालाई पर्खिरहेको होला भनेर व्यापक बहस पनि भइरहेको छ ।

पार्टीका कमिटीको औपचारिक बैठक नबसे पनि अध्यक्ष केपी शर्मा ओलीले निर्णय प्रक्रियामा भूमिका निर्वाह गर्ने केही नेताहरुसँग परामर्श गरिरहनु भएको छ । सभामुखका लागि अहिले चर्चामा रहेका नामहरूमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र केन्द्रीय सदस्य विद्या भट्टराईको नाम चर्चामा छ ।

यस पटकको संसद्को संरचना सत्ता यात्राका लागि केही प्रतिकुल भएकोले त्यस्तो बेलामा ठोस निर्णय गर्न सक्ने व्यक्ति बालकोटले खोजिरहेको पार्टी स्रोत बत्ताउँछ । आकांक्षीहरुले आफ्नो आफ्नो तर्फबाट लबिङ जारी राखेपनि अध्यक्ष ओलीले अहिलेसम्म मुख खोल्नु भएको छैन ।

चार जना आकांक्षी भएपनि एमालेको ‘आउटर कोर’भित्र दुई जना नेताको नाम बढी चर्चामा छ । पार्टी सचिव विश्वकर्मा र स्थायी कमिटी सदस्य घिमिरे मध्ये एकजना सभामुख हुने करिब निश्चित रहेको एमालेका एकजना पदाधिकारी बत्ताउँछन् । ‘अध्यक्षले यस विषयमा हामीसँग परामर्श गर्नु भएको छैन तर आएका नामबाट अब छवि र देवराज कमरेडको नाम मध्ये एकजनाको नाम टुंगिने निश्चित छ’ ति पदाधिकारी भन्छन् ‘उहाँहरू दुवै जनाका आफ्ना आफ्नै सबल पक्षहरू छन् । अध्यक्षले विवेक पु¥याउनुहोला ।’

छविलाले २०७४ र २०७९ को संघीय निर्वाचनमा रुपन्देही १ बाट निर्वाचन जित्नु भएको हो । दसौँ महाधिवेशनबाट पार्टी सचिव चयन हुनु भएका विश्वकर्मा एमालेमा भलाद्मी नेताका रूपमा चिनिनुहुन्छ ।

छविलाले २०७४ र २०७९ को संघीय निर्वाचनमा रुपन्देही १ बाट निर्वाचन जित्नु भएको हो । दसौँ महाधिवेशनबाट पार्टी सचिव चयन हुनु भएका विश्वकर्मा एमालेमा भलाद्मी नेताका रूपमा चिनिनुहुन्छ ।

छविलाले २०७४ र २०७९ को संघीय निर्वाचनमा रुपन्देही १ बाट निर्वाचन जित्नु भएको हो । दसौँ महाधिवेशनबाट पार्टी सचिव चयन हुनु भएका विश्वकर्मा एमालेमा भलाद्मी नेताका रूपमा चिनिनुहुन्छ । पार्टीको लाइनभन्दा दायाँबायाँ नगर्ने स्वभावका कारण विश्वकर्मा अध्यक्ष ओलीको रोजाइमा पर्ने सम्भावना रहेको जानकारहरू बत्ताउँछन् । समुदायको हिसाबले पनि छविलाललाई सभामुख बनाउँदा राम्रो सन्देश जाने एमालेमा एकथरी नेता कार्यकर्ताको धारणा छ ।

दायाँबायाँ स्वभावका कारण विश्वकर्मा अध्यक्ष ओलीको रोजाइमा पर्ने सम्भावना रहेको जानकारहरू बत्ताउँछन् । समुदायको हिसाबले पनि छविलाललाई सभामुख बनाउँदा राम्रो सन्देश जाने एमालेमा एकथरी नेता कार्यकर्ताको धारणा छ ।

स्वभावका कारण विश्वकर्मा अध्यक्ष ओलीको रोजाइमा पर्ने सम्भावना रहेको जानकारहरू बत्ताउँछन् । समुदायको हिसाबले पनि छविलाललाई सभामुख बनाउँदा राम्रो सन्देश जाने एमालेमा एकथरी नेता कार्यकर्ताको धारणा छ ।

देवराज घिमिरे पार्टीका इमानदार र सादगी नेताका रूपमा चिनिनुहुन्छ । राजकीय पदको जिम्मेवारी हालसम्म नपुगेका घिमिरे २०५६ सालमा एक पटक राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७९ को संघीय निर्वाचनमा झापा २ बाट पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गर्नुभएका ६३ वर्षीय घिमिरे पार्टीलाइनमा ‘हार्ड कोर’ मानिनुहुन्छ । उमेर, अनुभव, राजनीतिक पृष्ठभूमि आदि कारण घिमिरेले सभामुख पाउनु पर्ने दाबी गर्ने समूह पनि पार्टीमा बलियो छ ।

भोलि माघ ३ गते सभामुखका उम्मेदवारको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले आज साँझसम्ममा नाम सार्वजनिक गरिने एक नेताले बताए । एमाले स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल सभामुखका लागि अध्यक्षले पार्टीका विभिन्न नेतासँग परामर्श गरिरहेको बताउनुहुन्छ । ‘आज सभामुखका उम्मेदवारको नाम टुंग्याउनु पर्ने, मन्त्रीहरूको पनि नाम टुंगो लगाउनु पर्ने भएकोले अध्यक्षज्यूको झापा जाने कार्यक्रम पनि स्थगित भएको हो’ ढकालले यो बेलासँग भन्नुभयो ।

तर एमालेको विश्वस्त स्रोतहरूका अनुसार सभामुखमा सुवासचन्द्र नेम्वाङलाई मनाउन प्रयास भइरहेको छ । यस पटक नेपाली कांग्रेस संसदमा एग्रेसिभ ढंगले प्रस्तुत हुने भएकाले त्यसलाई कमाण्ड गर्न ‘अनुभवी’ सभामुख आवश्यक पर्ने भन्दै एमालेका एकथरी नेताले अध्यक्ष ओलीलाई नेम्वाङलाई सभामुखमा दोहो¥याउन सुझाव दिएका छन् । नेम्वाङले राष्ट्रपतिमा दाबी गरेको भएपनि वर्तमान आवश्यकताले नेम्वाङलाई सभामुखको कुर्सीले पर्खेको पनि एमाले वृत्तमा चर्चा छ । तर नेम्वाङले आफू तीनपटक सभामुख भइसकेकोले उक्त पदमा नजाने ‘विनम्रतापूर्वक कसिलो अडान’ राखेको बताउनुहुन्छ ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]