जेष्ठ ५, २०८१ शनिबार

सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।

लोसपा पनि एक मन्त्रालय लिएर सरकारमा जान तयार भएको हो । लोसपाले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।

लोसपाका एक नेताले भन्नुभयो, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’

प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]