जेष्ठ ५, २०८१ शनिबार

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं । सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो ।

भागबण्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् । मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।

मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने भएको छ । बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो ।

स्रोतका अनुसार राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने भएका छन् ।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको अध्यक्ष लिङ्देनले पार्टी छलफल गरेर टुंगो लगाउने राप्रपाका एक नेताले बताए ।

त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन् । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।

प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]