जेष्ठ ५, २०८२ आईतबार

विधि र पद्धतिबाहिर जान्न, दबाब नदिनू : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानून कार्यान्वयनका लागि दबाब नदिन आग्रह गर्नुभएको छ ।

आज सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उहाँले यस्तो बताउनु भएको हो ।

बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन । प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न। गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन।’

गृहमन्त्री लामिछानेले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसलाई प्रभावित पार्न कुनै किसिमको दबाब र प्रभाव आउने छैन । विधि र पद्धतिभन्दा बाहिर जाँदैनौँ । कानुन र नियम पालना गर्छौँ भन्ने हो। म यसमा प्रतिवद्ध रहेको सबैलाई आग्रह गर्छु ।’

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]