बैशाख १७, २०८१ सोमबार

बिर्तामोड खेलकुद विकास समितिलाई स्वागत

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

नगरपालिकाको कार्यालयमा बुधबार संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाई स्वागत गरेका हुन् । नगर प्रमुख प्रसाईले समितिका सबैजनालाई मनोनयन पत्र समेत प्रदान गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलकुद विकास समितिलाई अव्वल ढंगले अघि बढाउन सुझाव दिइन् । सबै विधाका खेलहरुलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै उनले युवाहरुसँग नगर खेलकुद क्षेत्रमा सुधारको अपेक्षा राखेको बताइन् ।

यस्तै नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले यसअघि खेल क्षेत्रमा रहेर आफुले गरेका कामहरुको अनुभवको आधारमा अघि बढ्ने प्रतिवद्वता जनाए । उनले बिर्तामोडलाई खेलकुद हवका रुपमा विकास गर्दै लैजाने बताए ।

नगरपालिकाले केहि दिन अघि विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय नगर खेलकुद विकास समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङ रहेका छन् । यस्तै सदस्यहरुमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, वेदप्रकाश अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकि चौधरी, शारदा दाहाल र सदस्य सचिवमा बिसन लिम्बु रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]