बैशाख १७, २०८१ सोमबार

राष्ट्रिय युवा संघविरुद्ध अनेरास्ववियुको गोल वर्षा

बिर्तामोड । केपी ओली कप फुटबल प्रतियोगिता सफल भएको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा अनेरास्ववियु झापा विजयी भएको छ ।

आज बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय युवा संघ झापामाथि अनेरास्ववियुले गोल वर्षा गरेको थियो । अनेरास्ववियुले युवा संघमाथि ६ गोल गरेको थियो भने युवा संघले ३ गोल फर्काएको छ ।

राष्ट्रिय युवा संघ झापाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय सचिव मनोज ताम्लीसहित केन्द्रीय सदस्यहरुलाई सम्मान गरिएको अध्यक्ष फुर्वा तामाङले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यहरु रोशन लामा र रोशन भट्टराईलाई सम्मान गरिएको छ । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मैत्रीपूर्ण फुटबलमा युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरु सहभागी थिए ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]