बैशाख ७, २०८१ शुक्रबार

गौरादहमा मिसन ग्रासरुट अभियान आरम्भ

गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी झापाले बिहीवारदेखि कार्यारम्भ गरेको छ ।

नगरपालिका कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तर्जुमा बैठकमा अभियानका केन्द्रीय अभियन्ता युवराज बास्कोटाले मिसनले समेट्नुुपर्ने मूलभूत राजनीतिक–बैचारिक र अन्तरसंगठनात्मक विषयवस्तुमाथि प्रकाश पारेका थिए । अभियानअन्तर्गत जोडिनुपर्ने विषयवस्तुुका बारेमा प्रदेशबाट खटिएका अभियन्ताहरू श्रीप्रसाद मैनाली, हिरा थापा, राजुु थापा र जिल्ला अध्यक्ष दीपक कार्कीले सम्बोधन गर्दै आफ्ना धारणा राखेका हुन् ।

बैठकले पालिकाभरी कामको योजना तर्जुमा सम्बन्धी गृहकार्य गर्न पदाधिकारीमा रहेका मित्रदेव काफ्ले, गजेन्द्र घिमिरे, जीवन कार्की, प्रकाश पराजुली, उपेन्द्र निरौला र भीमविजय बास्तोलालाई जिम्मेवारी दिएको छ भने गौरादहलगायतको मतबाट विजयी मुख्मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व र अगुुवाइमा प्रदेश नं. १ ले नामाङ्करण पाएको खुशीमा फागुन १९ गते साँझ डिपोचौकमा हर्षोल्लासका साथ दीप प्रज्ज्वल आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]