बैशाख १५, २०८१ शनिबार

अग्निपीडितलाई मेची सहकारीको सहयोग

दमक । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अग्निपीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

गत माघ १ गते आगजनीबाट पसलमा क्षति पुगेका दमक–६ नमूना मार्गका सङ्गीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही रु ५० हजार सहयोग प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिनुभयो । यस्तै आफ्ना सदस्यका परिवारबाट माध्यमिक तहमा उत्कृष्ट हुने रोशन पोख्रेललाई रु १० हजार तथा मुटुको शल्यक्रिया गरेका दमक–९ का यज्ञनिधि चम्लागाईलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिएको छ ।

संस्थाले आफ्ना सदस्यलाई लक्षित गरी विभिन्न रोगका शल्यक्रिया गर्दा राहतस्वरुप रु ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनुभयो ।

यस्तै, संस्थाको गौरवशाली आयोजनाको रुपमा रहेको ‘मेची आवास’ कार्यक्रमअन्तर्गत ५७ घर निर्माण गरिएको छ । नवनिर्मित घर चाँडै हस्तान्तरण गरिने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]