बैशाख १३, २०८१ बिहीबार

नारी दिवसको अवसर पारेर भद्रपुरमा महिलाहरुको म्याराथन

भद्रपुर । बुधबार भद्रपुर नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर  महिलाहरुको सहभागितामा म्याराथन दौड सम्पन्न गरेको छ ।

विहान भद्रपुर ५ स्थित मेची पुलबाट शुरु भएको म्याराथन दौड मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

पैतियोगितात्मक सो म्याराथनमा लगभग ४ किलोमिटर दौड पूरा गरेर भद्रपुर २ की सुस्मिता राई प्रथम भइन् । उनले नगर रु. ४ हजार पुरस्कार प्राप्त गरिन् । रुपा राई दोस्रो भइन् भने भद्रपुर २ कै विन्दा राई तेस्रो भइन् । उनीहरुले क्रमशः ३ हजार नगद र २ हजार नगरद पुरस्कार प्राप्त गरे । चौथो स्थानमा अनिता तामाङ र पाँचौ स्थानमा दुर्गा किस्कु रहिन् । उनीहरुले सान्त्वना पुरस्कार स्वरुप समान एक–एक हजार नगद प्राप्त गरे । दुर्गाले चप्पलको भरमा दौट पूरा गरेकी थिइन् । दौडप्रतिको उनको आत्मविश्वास र उत्साहको सबैले प्रशंसा गरेका थिए ।

भद्रपुर नगर उपप्रमुख राधा कार्कीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख गणेश पोखरेलले गरेका थिए । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत र कर्मचारी सञ्जस कोइरालाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको समापनका अवसरमा नगरप्रमुख पोखरेल, मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

‘लैंगिक समाजको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको आधार’ भन्ने राष्ट्रिय नारासहित यस वर्षको महिला दिवस मनाइएको सामाजिक विकास शाखा प्रमुख राउतले जानकारी दिइन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]