बैशाख १२, २०८१ बुधबार

अनेरास्ववियुको मुख्य एजेण्डा : शैक्षिक गुणस्तर

बिर्तामोड । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मुख्य एजेण्डा शैक्षिक गुणस्तरको सुनिश्चितता रहेको विद्यार्थी नेताहरुले बताएका छन् ।

अनेरास्ववियुले ति १३ वटै क्याम्पसको घोषणापत्रको एक नम्बरमा शैक्षिक गुणस्तरको सुनिश्चितता गर्ने र शैक्षिक क्यालेण्डर निर्माण गर्ने उल्लेख गरेको छ । झापामा यो पटक १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

कनकाई आर्दश क्याम्पस बिर्तामोडमा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार बनेका पुकार न्यौपानेले क्यापसमा शैक्षिक बिकासका निम्ति मात्रै भए पनि अनेरास्ववियुले जित्नै पर्ने बताउँछन् । उनी भन्छन्, ‘क्यापसमा स्वच्छ खानेपानी र शौचालयको निमार्ण गर्ने, पुस्तकालयमा पुस्तकहरुको वृद्धि गर्ने र बाह्य जिल्लाबाट आउनु भएका विद्यार्थीहरुलाई भर्नामा २५ प्रतिशत छुट गराउने मुख्य उद्देश्य हो ।’, उनी भन्छन्, ‘प्रविधिको उत्रो बिकास भइसक्दा पनि हाम्रो क्याम्पसको आफ्नो वेबसाइट छैन । त्यसको व्यवस्थापन गर्न पनि हामीले जित्नुपर्छ । साथै, क्याम्पसलाई शैक्षिक गुणस्तर सुनिश्चितता गर्न क्यूएए प्रमाण पत्र प्राप्त गर्न पहल गर्ने ।’

 

यस्तै, मेची महुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापति पदमा उम्मेदवार बनेका सन्देश धमला (पवन) ले शैक्षिक गुणस्तर निमार्णका लागि शैक्षिक क्यालेन्डर निर्माण गर्ने बताएका छन् । ‘क्याम्पसमा हुने सम्पूर्ण किसिमका कार्यक्रमहरु पहिलै निर्धारण गर्ने । वार्षिक परीक्षा प्रणाली रहेका विषयमा १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने । इ–लाइब्रेरी निर्माण गरि विद्यार्थीहरुलाई पेपरलेस अध्ययनमा जोढ्ने । हाल जीर्ण अवस्थामा रहेको क्रिकेट मैदानलाई एक वर्षभित्र खेल्न मिल्ने बनाउने र संरक्षण गर्ने । क्याम्पसमा भएका चौताराहरुमा निःशूल्क वाइफाइको व्यवस्था गर्ने’ लगायतका थुप्रै क्याम्पस बिकासका योजनाहरु रहेको उनले बताएका छन् ।

उम्मेदवार धमलाले मेची क्याम्पसमा अनेरास्ववियुले धेरै राम्रो काम गरेको र विद्यार्थीहरुको उचित मुल्यांकन गर्ने बताएका छन् । उनी भन्छन्, ‘हामीले विज्ञान संकायमा कुलरसहितको खानेपानीको प्रबन्ध गरेका छौँ । भद्रपुर–बिर्तामोड बसको व्यवस्थापन, इ–आइडी कार्डको व्यवस्थापन, सेनेटरी प्याडको व्यवस्थापन गर्नेदेखि लिएर विद्यार्थीहरुको हकहितको सुनिश्चितताका निम्ति आवाज उठाउनेसम्म काम गरेका छौँ । हामीले भारतबाट नेपाली भूमि मिचिदा हस्ताक्षर संकलन गरेको र कोभिड महामारीमा सेमिस्टार प्रणलीका विद्यार्थीहरुलाई १९ प्रतिशत छुट दिलाउन पहल गर्ने काम गरेका छौँ ।’

प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]