चैत्र ८, २०७९ बुधबार

काँकरभिट्टा क्याम्पसको ताला खुल्यो, स्ववियु निर्वाचन धकेलियो

काँकरभिट्टा । ताला लागेको १७ दिनपछि आज काँकरभिट्टा क्याम्पसको ताला खुलेको छ । फागुन १९ गते स्ववियु निर्वाचन आचारसंहिता सम्बन्धी विवाद भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको थियो । उक्त ताला स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा अनेरास्ववियुले खोलेको हो ।

आज क्याम्पस प्रशासन र अनेरास्ववियु बीच भएको छलफलपछि माग सम्बोधन भएको र ताला खुलेको क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेलले बताएका छन् । क्याम्पसले तीन महिनाका निम्ति निलम्बन गरेको अनेरास्ववियु जिल्ला कमिटी कार्यालय सचिव सन्तनेष धमला र क्याम्पस कमिटीको अध्यक्ष पौडेलको निलम्बन फिर्ता लिएपछि ताला खोलिएको हो ।

काँकरभिट्टा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको निर्वाचन तालिक अनुसार स्ववियु निर्वाचन नहुने भएको छ । काँकरभिट्टा क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन गर्ने सहमती भएको क्याम्पस प्रशासनले बताएको छ । प्रशासनले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास