बैशाख १३, २०८१ बिहीबार

सन्देश धमला बने मेची बहुमुखी क्याम्पसको २०औं स्ववियु अध्यक्ष

भद्रपुर । झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको २० औं स्ववियु अध्यक्षको रुपमा सन्देश धमला (पवन) निर्वाचित भएका छन् । अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका उनले १३० मतान्तरले आफ्नो प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।

निर्वाचित धमलाले ९६० मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिस्पर्धी किशोर ढुङ्गानाले ८३० मत प्राप्त गरेका छन् । यसै गरि सचिवमा अनेरास्ववियुका बिदन राईले १०२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भिष्म घिमिरेले ९३३ मत प्राप्त गरेका छन् । साथै कोषाध्यक्षमा नेविसंघकी निलम कार्कीले ११५८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धीले ७२७ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यहरुमा अनेरास्ववियुका उदेश्य भण्डारीले १०७७, अनुषा भण्डारीले ९३६, नेविसंघका विवेक ढकालले ९६५, सौरभ ओस्तीले ९७५, प्रजिन खतिवडा १००४, वर्षा एक्तेन ९४३ र प्रतिक शाह रौनियार १००१ मत प्राप्त गरेर विजयी बनेका छन् ।

यस अघि को को बने मेची क्याम्पसको स्ववियु अध्यक्ष ?
वि.सं. २०२२ सालमा अनेरास्ववियुबाट जगतबहादुर श्रेष्ठ, ०२३ सालमा अनेरास्ववियुबाट हरि भेटुवाल, २०२४ सालमा अनेरास्ववियुबाट राजेन्द्र थापा, ०२५ सालमा अनेरास्ववियुबाट राधाकृष्ण मैनाली, ०२६ सालमा अनेरास्ववियुबाट वासुदेव शर्मा, ०२७ सालमा अनेरास्ववियुबाट चन्द्रप्रकाश मैनाली, ०२८ सालामा अनेरास्ववियुबाट इन्द्र के.सि अध्यक्ष बनेका थिए ।

यसै गरी ०३६/०३७ सालमा अनेरास्ववियुबाट पुष्पराज पोखरेल, ०३८/३९ सालमा अनेरास्ववियुबाट चन्द्र भण्डारी, ०४३ सालमा अनेरास्ववियुबाट मेघप्रसाद रेग्मी, ०४५ सालमा अनेरास्ववियुबाट परासर नेपाल, ०४९ सालमा नेविसंघबाट मोहन महर्जन, ०५१ सालमा अनेरास्ववियुबाट अर्जुन पाण्डे, ०५३ सालमा अनेरास्ववियुबाट मदन शिवाकोटी, ०५५ र ०५७ सालमा नेविसंघबाट गणेश पोखरेल, ०६० सालमा अनेरास्ववियुबाट बसन्त बानियाँ, ०६२ सालमा अनेरास्ववियुबाट असारु राजवंसी र ०७३ सालमा नेविसंघबाट भुवन बुढाथोकी मेची क्याप्पसका स्ववियु अध्यक्ष हुन् ।

 

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]