बैशाख १३, २०८१ बिहीबार

कमसल निर्माण सामग्री प्रयोग गरेपछि मेयर थोप्राको एक्सन

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् ।

निर्माण कम्पनीले निर्माण सामग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले उक्त वाल भत्काएर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । माइधार दोमुखा सडक लामो समयपछि निर्माण हुन थालेको हो । यो सडक नगरपालिकाको गौरवसँग जोडिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले भने, गुणस्तरीय सडक निर्माण गर्न नगरपालिका लागि परेको छ । सडक तोकिएको मापदण्ड अनुसार नै बन्ने छ । हामीले वडा कार्यालय, स्थानीय उपभोक्ताहरु समेतलाई सडक निर्माण गर्दा अनुगमन गरिदिन आग्रह गरेको नगरप्रमुख थोप्राले जानकारी दिए ।

सडकको सरदारे दोमुखा क्षेत्रमा कल्भर्ड र ह्युम पाइप राख्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । कल्भर्ड निर्माण गर्दा केही सामग्री कमसल भन्ने कुरा आएपछि नगरप्रमुखको रोहबरमा उक्त सामग्री हटाई पुनः निर्माण गर्न लागिएको सतासी निर्माण सेवाका प्रोपाराइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका र स्थानीय उपभोक्ता, वडा कार्यालयलाई बेला बेलामा अनुगमन गरेर कमी कमोजोरी औल्याइदिन समेत आग्रह गरेका छन् । मजुदरले काम गर्दै जाँदा कहिकतै कमजोरी हुन्छ । तर हामी सच्याएर गुणस्तरी सडक निर्माण गर्न लागि परेको छौं, उनले भने ।

कालोपत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे हुने छ । जसमा तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने योजनामा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]