बैशाख १३, २०८१ बिहीबार

मानसरोवार ईन्ष्टिच्युटले मनायो १५औं वार्षिकोत्सब

दमक । बिहीबार दमक ४ स्थित मानसरोवर ईन्ष्टिच्युट अफ हेल्थ एण्ड टेक्नोलोजी (मिष्ट कलेज) ले विभिन्न कार्यक्रम गरी १५औं वार्षिकोत्सव मनाएको छ ।

कलेज सञ्चालक समिति अध्यक्ष रन्जू भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य नम्बरलाल धिमाल रहेका थिए । संस्थाका प्रमुख संरक्षक डा. गोपाल भण्डारी, सदस्यहरु लक्ष्मी पौडेल, उत्तमलाल पण्डित, स्वास्थ्यकर्मी वालचन्द्र सुव्वा लगायत शैक्षिक तथा सामािजक अगुवाहरुको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

कलेजले हेल्थ असिस्टेन्ट र डिप्लोमा फार्मेसी विषयको अध्यापन गराउँदै आएको कलेजका प्राविधिक निर्देशक प्रणव भण्डारीले जानकारी दिएका छन् । कलेजमा देशका विभिन्न भागबाट आउने विद्यार्थीहरु अध्ययनरत रहेको उनले जनानकारी दिएका छन् ।

हेल्थ असिस्टेन्ट र डिप्लोमा फार्मेसी दुवै विषयमा ४०/४० विद्यार्थीलाई अध्ययन गराईने गरेको कलेजकी लेखा प्रमुख अनिता खत्रीले जानकारी दिएकी छिन् । कलेजले नेपालमानै उत्कष्ट नतिजा ल्याउँदै पटक पटक पुरस्कृत समेत भएको उनले जनाएकी छिन् । सुलभ शुल्कमा गुणस्तरीय सेवा दिँदै आएको कलेजको दावी छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार  १ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]