बैशाख १२, २०८१ बुधबार

किसानको समस्या एमालेले मात्रै समाधान गर्छ : ओली

दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुको समस्या एमालेले मात्रै समाधान गर्न सक्ने बताएका छन् । किसानको पक्षमा एमाले बाहेक कोही नभएको बताए ।

अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मलेनको झापामा उद्घाटन गर्दै ओलीले किसानहरुले धेरै समस्याहरु भोग्नुपरेको बताए । एमाले नेतृत्वको सरकारले किसानहरुको पक्षमा धेरै काम गरेको भन्दै अहिलेको म्यादी सरकारले केहि काम गर्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले किसानहरुका तमाम समस्याहरुको समाधानका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक पर्ने बताए ।

महासम्मेलनमा ओलीले विकास र संवृद्धिको आधार कृषि क्षेत्र भएको बताउँदै माटोको रक्षा गर्ने किसानको पक्षमा एमाले सधैं लागिरहने बताए । उनले भने, ‘अहिलेको बेकम्मा सरकार किसानले पाइरहेको मलमा अनुदान कटौती गरिहरेको छ, मुल्य वृद्धि गरिरहेको छ ।’ वर्तमान सरकार किसानको विरुद्धमा रहेको भन्दै ओलीले यो सरकारसँग धेरै अपेक्षा नगरेको जिकिर गरे ।

किसानका समस्याहरु प्राथमिकताका साथ उठाउन किसान आन्दोलनको खाँचो भएको उनको भनाई छ । किसानले मुलुकको संमृद्धिमा योगदान गरिरहे पनि किसानको पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

बिहीवार समुदघाटन भएको महासम्मलेनमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, दक्षिण एसियाली किसान संघ संगठनका नेताहरुले सम्बोधन गरेका थिए । अधिकांशले कृषि क्रान्ति गर्न किसानले आधुनिक प्रविधिबाट कृषि कर्म गर्नुपर्ने सूझाएका थिए । सम्बोधनमा नेताहरुले किसान सधैं समस्यामा परेको भन्दै स्थायी समाधानका लागि सरकार किसानप्रति जिम्मेवार हुनुपर्ने भनाई राखेका छन् ।

प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]