बैशाख १४, २०८१ शुक्रबार

बैगुनधुरामा बढ्यो पशु चौपायको चोरी

झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धी भएको छ ।

आइतबार राती साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई चोरी भएको अस्थाई प्रहरी चौकी बैगुनधुराले जनाएको छ । राती करिब १ बजेको समयमा गोठमा बाँधेको अवस्थामा गाई चोरी भएको पिडितले बताएका छन् ।

सोही रात १२ बजेको समयमा दहगाउँका लोकमणी सापकोटाको गोठबाट बाच्छाबाच्छी सहित २ वटा दुहुना गाई ५ सय मिटरको दुरीमा धानखेतमा पुर्याएका बेला गाउँलेले होहल्ला गरेपछि चोर गाई छोडेर भागेका थिए । त्यस लगतै खड्काको गाई चोरी भएको स्थानीयले बताएका छन् । केही महिना अघि बैगुनधुराकै नगेन्द्र श्रेष्ठको गाई पनि चोरी भएको थियो ।

बैगुनधुराका स्थानीयले चौपाय चोरीको घटना झेलेको यो पहिलो पटक होईन, यहाँका अधिकांश घरका घरपालुवा चौपाय हल गोरु, राँगा, गाई कुनै न कुनै बर्ष चोरिएको स्थानीय ध्रुब घिमिरेले बताएका छन् ।

वि. सं २०४० साल भन्दा अघिदेखी नै बैगुनधुराका तल्लो टोलका पशुचौपाय चोरी हुँदै आएको छ । भारतसँगको सीमाना नजिकै भएका कारण पशु चोरी हुने गरेको स्थानीयको भनाइ छ । चोरले रातको समयमा चोरी गरी सीमाना कटाउने गरेका स्थानीयले बताए ।

केही बर्षअघिसम्म बैगुनधुरा बजारको नजिकै रहेको शसस्त्र प्रहरी बलको बेस क्याम्प हाल २ किलोमिटर दक्षिण सरेपछि यहाँका स्थानीयले असुरक्षा महसुस गरेका छन् । पशुचौपाय चोरीका घटना बढेपछि स्थानीयले प्रहरीसँग सुरक्षा गस्ती बढाउन माग गरेका छन् ।

प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]