चैत्र १५, २०८० बिहीबार

सुत्केरीको मृत्यु भएपछि ओम मेची अस्पताल दमकमा तनाव

बिर्तामोड । झापाको दमकमा रहेको ओम मेची अस्पतालमा तनाव भएको छ । सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तनाव भएको हो ।

दमक -१ निवासी ३० वर्षीया रुवी देवि शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको थियो । उनको आज विहान मृत्यू भएपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको बताएका छन् ।

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उपचारमा लापरबाही भएको बताउँदै परिवारले संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । ओम अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै शाह परिवारले पुनः गल्ती नदोहोर्याउन प्रतिवद्धताको माग समेत गरेको छ ।

ओम अस्पतालले विएण्डसीमा रिफर गरेको थियो, परिवारका एक सदस्यले भने – अस्पताल नपुग्दै विरामीको मृत्यु भइसकेको थियो । सो घटनाका कारण ओम अस्पतालमा आज दिनभर तनाव भएको छ । तनाव समाधानका लागि अस्पताल प्रशासन र परिवार पक्षबीच बसेको छलफल विना निष्कर्ष टंगिएको स्थानीय पत्रकार सुदिप अधिकारीले जानकारी दिएका छन् । तनाव बढेपछि अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

पत्रकार अधिकारीसहित रिपोटिङका लागि पुगेको पत्रकारको टोलीलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]