बैशाख ७, २०८१ शुक्रबार

गणतन्त्र दिवशको शुभकामना

बद्री भट्टराई

२०६२-६३ को जनआन्दोलन पछि पुनःस्थापित संसदबाट २०६५ जेष्ठ १५ गते आजकै दिन नेपालमा लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको पनि आज १६ औं वर्ष वितेको छ । नेपालको गौरवपूर्ण गणतन्त्र दिवशको सन्दर्भमा मुलक भित्र र वाहिर रहेका तमाम नेपाली दिदीबहीनी दाजुभाईहरुमा तथा नेपाली जनताहरु प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस सन्दर्भमा लोकतान्त्रित गणतन्त्र प्राप्तिको आन्दोलनमा शाहदत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु । साथै घाइते, शहिद परिवार र जेल जीवन विताएका योद्धाहरुको जीविकोपार्जनमा समेत सरकारको उचित ध्यान जाओस भन्ने आहवान समेत गर्दछु । निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस भन्न चाहान्छु ।

२००६ सालमा जतिवेला कम्युनिष्ट पार्टीको स्थापना भयो । यही वेला देखि नै गणतन्त्रको विज रोपिइसकेको थियो । राण शासन विरुद्धको आन्दोलन गणतन्त्र प्राप्तिको एक ईट्टा थियो । भलै एकातिर यस आन्दोलनले विस्थापित हुन लागेको राजतन्त्र स्थापित हुन पुग्यो भने अर्कातिर सिमित अधिकार सहितको लोकतन्त्र पनि स्थापित भयो । २०१५ को आम निर्वाचनमा नेपाली कांग्रेसले ८३ सिट (दुई तिहाई ) सिटमा विजय हासिल गर्याे । कम्युनिष्ट पार्टीले ४ सिट मात्र जित्न सफल भयो । वास्तविक गणतन्त्रवादी शक्ति कम्यूनिष्ट पार्टीको कमजोर उपस्थितीकै कारण २०१७ सालमा तत्कालिन प्रजातन्त्र राजा महेन्द्रको अपहरणमा पर्याे । दुई तिहाई मत प्राप्त गर्ने नेपाली कांग्रेसले प्रजातन्त्र वचाउन सकेन् । तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री विश्वेश्वर प्रसादले लोकतन्त्र बचाउन सकेनन् । राजतन्त्रको अगाडि कांग्रेस नतमस्तक भयो । विद्रोह गर्न सकेन् । २०१९ पछि कम्यूनिष्ट पार्टी क्षतविक्षत भयो ।

२०२७-२०२८ वाट दर्जनौ गुट उपगुटमा विभक्त कम्यूनिष्ट पार्टी पुनर्गठित हुन थाल्यो । झापा आन्दोलन कम्यूनिष्ट पार्टी पुर्नगठनको कोेशेढुंगा सावित भयो । २०३५ सालमा ने.क.पा. मालेको गठन भयो । २०३६ सालमा नेपाली विद्यार्थीहरुले पञ्चायत विरुद्ध संघर्ष गरे । नेपाली कांग्रेस र तत्कालिन ने.क.पा. मालेले यो विद्यार्थी आन्दोलनलाई समर्थन मात्र गरेनन् बहुदल कि निर्दल रोज्ने भन्ने जनमत संग्रह गराउन पञ्चायतलाई वाध्य पारियो । र्निदलिय पञ्चायत फाल्ने यो पहिलो संगठित धक्का थियो । भलैै सुधारिएको पञ्चायति व्यवस्थालाई जनमत संग्रहको नाममा झन्डै १० वर्ष पुर्नजन्म दिइयो, थेगाइयो । यो जनमत संग्रह वास्तवमा प्रजातन्त्र प्राप्ती होस भन्ने सदिच्क्षा राखेर मात्र नभई पञ्चायतको आयु बढाउन गरिएको थियो ।

पञ्चायतको आयु लम्ब्याइएको १० वर्ष नवित्दै २०४६ सालमा तत्कालिन ने.क.पा माले सहितको बाम मोर्चा र नेपाली कांग्रेसको संयुक्त संघर्ष समिति बन्यो । यस आन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्दै संवैधानिक राजतन्त्र सहितको लोकतन्त्र प्राप्त भयो । साच्चै भन्ने हो भने नेपाली कांग्रेस तयार भएको भए त्यही समयमा लोकतान्त्रीक गणतन्त्र स्थापना हुने थियो । नेपाली कांग्रेसको राजतन्त्र प्रतिको मोहका कारण र गणतान्त्रीक शक्ति तत्कालिन ने.क.पा माले निणर्यक शक्तिको रुपमा विकास भईनसकेको हुनाले सिमित अधिकार सहितको लोकतन्त्र पुनः २०५८ सालमा हरण गरियो । शेर बहादुर देउवा मार्फत राजालाई सत्तारोहण गर्न सहयोग गर्याे । कांग्रेसकै कारणबाट लोकतन्त्र पुनः खोसियो । जव राजतन्त्र अन्त्य गरियो तव नेपाली कांग्रेस विदेशी पुँजिवादीहरु संगको भरोसा कांग्रेसको गाढा बन्दै गयो । राजा रहुन्जेल कांग्रेसको अभिभावकत्व स्वयम राजतन्त्रले गर्दै आएको थियो । राजतन्त्रको अन्त्य संगै कांग्रेस पूर्णतया विदेशी आडभरोसामा बाँच्न थाल्यो ।

यो स्थिती २०६२। ०६३ को जनआन्दोलनले स्थापित गरेको संसदले २०६५ जेष्ठ १५ गतेको गणतन्त्रको घोषणा र संविधान सभा मार्फत २०७२ सालमा जारी भएको संविधानका कारण कांग्रेसमा जबरजस्त यो मान्यता स्थापित भयो । राष्ट्रिय शक्ति जनता र स्वयम जनआन्दोलनको अभिन्न यात्री ने.क.पा. एमाले सम्म कांग्रेसको कुनै भरोसा रहेन । भरोसा रहयो त फगत विदेशी शक्ति संग मात्र । यसको जवालन्त उदाहरण के.पी. शर्मा ओली नेतृत्वको अघिल्लो सरकार विदेशी शक्तिको आडमा न्यायलयलाई गलत ढंगले प्रयोग गर्दै ढाल्नु र अदालतको परमादेश बाट प्रधानमन्त्री तोकिनु हो ।

अघिल्लो कार्यकालमा के.पि. शर्मा ओली द्धारा सरकार प्रमुखको हैसियतले प्रतिनिधी सभा विगठन गरियो । यो घटना नेपालको संविधान २०७२ को मर्म र भावना विपरित थिएन् । प्रतिनिधी सभाले सरकारका अग्रगामी कार्यहरुलाई रोक लगाउने, संवैधानिक अंगका नियुक्तिहरुमा असहयोग गर्ने, अन्त्यमा सरकारलाई विजनेश विहिन बनाएपछि प्रतिनिधी सभा विगठनको विकल्प थिएन् नै । तर विपक्षीहरुले यस घटनालाई संसद विगठन भने, प्रतिगामी कदम भने । यद्दपि २०७२ को संविधान अनुसार व्यवस्थापिका सरकारको गठन व्यवस्थापिकाले गर्दछ । अदालतको परमादेश बाट प्रधानमन्त्री तोक्ने व्यवस्था वर्तमान संविधानको कुनै पनि धारामा छैन् । यो घटना लोकतान्त्रीक पक्षधरकालागि गम्भिर घटना हो । लोकतन्त्रवादीहरुकालागि असह्य घटना हो । आफुलाई लोकतन्त्रवादी भन्ने र कम्यूनिष्ट क्रान्तिकारी ठान्नेहरुले संविधान सभा मार्फत जारी गरिएको संविधानको चिर हरण गरे । संविधान जबरजस्त च्याते । लोकतन्त्रवादी तथा गणतन्त्रवादीहरुलाई निराश बनाए । ने.क.पा. एमालेका विरुद्ध सोझ्याईएको यो बम बारी लोकतन्त्र र संविधान विरुद्ध खडाभयो । रातो झन्डा बोक्नेहरु समेत कलंकको टिका लगाउदै विदेशी प्रतिक्रियावादीहरुको एजेन्टका हलिया गोठाला बन्न पुगे, मानौ तिनिहरुले स्थायी नियुक्ति पाईसके । ने.क.पा. एमालेका विरुद्ध सोझ्याइएको निशाना संविधान र लोकतन्त्र विरुद्ध परिणत हुनु दुखद घटना हो ।

जव ने.क.पा. एमालेको लोकप्रीय सरकार ढल्यो यससंगै राजनीतिक अस्थिरता पनि सुरु भयो । विकास निर्माणका कयौं योजनाहरु कटौती भए, आर्थिक वृद्धिदर घट्न गयो । वैदेशिक मुद्रा संचिति कम भयो । हुँदा हुँदा आजको यो दश दलिय गठबन्धनको सरकार राष्टसेवक कर्मचारीहरुलाई तलव दिन समेत नसक्ने अवस्थामा पुग्यो । आफ्ना गलत क्रियाकलापहरुको ढाकछोप गर्न प्रतिपक्ष माथि कपोकल्पीत आरोपहरु लगाउन थाले । जसका कारणबाट राजनीतिको मुलधारमा रहेका शक्तिहरुको विचमा वैमनस्यता पैदा भएको छ । अविश्वास देखापरेको छ । जसको फाईदा गणतन्त्र विरोधी शक्ति र केहि नया भनैदा यथास्थितीवादी वुर्जुवाशक्तिले लिन खोजिरहेका छन् । गणतन्त्रविरोधी शक्तिले नेपाली जनताको विश्वास जित्ने कुरै भएन् । नयाँ भनाउदाहरुले समेत विश्वास जित्ने र लोकतन्त्र बलियो बनाउदै संविधानको रक्षा गर्ने तागत राख्नै सक्दैन् । यो शक्ति वर्षाको खहरे आउछ क्षणभरमा सिद्धिन्छ ।

अन्त्यमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिकालागि लामो संघर्ष गर्ने पार्टीहरु र तिनका कार्यकर्ताहरु भ्रष्टाचार मुक्त सम्बन्धित पार्टीहरुलाई अनुसाशित, मर्यादित र जनप्रिय बनाइरहन सकुन । जस्ले गणतन्त्र प्रति गिद्धे नजर लगाउनेहरुले धावा बोल्न नसकुन । लोकतन्त्रका मूल्य मान्यता र संविधानको रक्षा गर्न मुलधारका पार्टीहरुलाई असाधारण शक्ति प्राप्त होस । स्वार्थका आधारमा नभई जनता र राष्टलाई केन्द्रविन्दुमा राखि देशको समग्र नीति तर्जुमा होस । जनता र राष्टको पक्षमा सिन्को नभाच्ने बोलिका तिलस्मी कथाकारहरुको अन्त्य होस । आफु र आफ्नो पार्टीको स्वार्थमा लिप्त जोसुकैको सरकार भएपनी गल्याम्म ढलोस । यो गणतन्त्र दिवशले जनता र राष्टको पक्षमा इमानदारिता पूर्वक काम गर्नेहरुको सरकार स्थापित होस । गणतन्त्र दिवसको अवसरमा पुनः शुभकामना ।

प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]