बैशाख १४, २०८१ शुक्रबार

राष्ट्रिय कराते प्रतियोगिताको समुद्घान गर्न झापा आउदै सभामुख

बिर्तामोड । सभामुख देवराज घिमिरे शनिवार झापा आउने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकाडेमीको राष्ट्रिय कराते प्रतियोगिता उद्घाटन गर्न सभामुख घिमिरे झापा आउन लागेका हुन् ।

झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता–२०८० को समुद्घाटन गर्न घिमिरे शनिवार बिहान झापा आउने कार्यक्रम तय भएको छ । प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो ।

प्रतियोगिता जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् ।

त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।

प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।

पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।

प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने कराते प्रशिक्षक मदन उप्रेतीले बताए ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  १२ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]