बैशाख २२, २०८१ शनिबार

असोजमा जिल्ला सम्मेलन गर्ने झापा कांग्रेसको निर्णय

बिर्तामोड । नेपाली कांग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले साउनको १५ गतेदेखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ गतेदेखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय सम्मेलन र भदौ ११ गतेदेखि २० गतेसम्ममा संसदीय निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो ।
वडा सम्मेलनमा वडा कार्य समिति, जिल्लाले तोकेका प्रतिनिधि, सबै क्रियाशिल सदस्य, क्षेत्रीय प्रतिनिधि, वडामा रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, पार्टीको माथिल्लो इकाइ समितिका पदाधिकारी÷सदस्यहरु, जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।

गाउँ÷नगर, प्रदेश सभा र क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, सम्बन्धित समितिका पदाधिकारी÷सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, माथिल्लो इकाइ समितिका पदाधिकारी÷सदस्यहरु एवं जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।

वडामा खटिएका जिल्ला प्रतिनिधिहरुले सम्बन्धित वडा र पालिका सभापतिसँग समन्वय गरेर वडा सम्मेलन सम्पन्न गर्ने, सामाजिक सञ्जाललाई पार्टी, देश र जनहितमा सदुपयोग गर्न, अनावश्यक विषयमा टिकाटिप्पणी गरेर विवादमा नफस्न पनि जिल्ला कार्य समितिको बैठकले पार्टीको सबै तहका पदाधिकारी-सदस्यहरुलाई आग्रह गरेको छ ।

बैठकमा सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डेले सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए भने जिल्ला सदस्य राम कट्टेलले एकताबद्ध ढंगले पार्टीका निर्णयहरुलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए । बैठकमा सहजीकरण सचिव कृष्ण हुमागाईले गरेका थिए ।

प्रकाशित मिति : असार २, २०८० शनिबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]