बैशाख २२, २०८१ शनिबार

अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित

बिर्तामोड । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् ।

गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् । सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् ।

सदस्यहरु समेत सर्वसम्मत भइसकेको नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : असार ३, २०८० आईतबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]