बैशाख २२, २०८१ शनिबार

कोशी प्रदेश : पहिचान पक्षधर र सरकारबीच वार्ता सुरु

विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आएको समूह र प्रेदश सरकारबीच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । अहिले विराटनगरस्थित बिग होटलमा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता सुरु भएको छ ।

पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायत उपस्थित छन भने सरकार पक्षबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : असार ४, २०८० सोमबार  १२ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]