जेष्ठ ४, २०८१ शुक्रबार

पूर्व सांसद मैनालीलाई दुर्व्यवहार गर्नेविरुद्ध कारवाहीको माग, विवादको कारण ‘काउन्टर’

बिर्तामोड । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गर्ने विरुद्ध कारबाहीको माग गरिएको छ । मैनालीले कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अभद्र व्यवहार गर्ने स्थानीय भुपाल ओली विरुद्ध उजुरी दिएका छन् ।

कोशी प्रदेशका पूर्व सदस्य मैनालीलाई ओलीले बुधबार विहान दुर्व्यवहार गरेका थिए । काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा दुव्र्यवहार भएको मैनालीले जानकारी दिए । द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति सभामा सहभागी हुन मैनाली खानेपानीको सभाहल जाने क्रममा ओलीले अभद्र व्यवहार गरेको बताइएको छ । मैनालीले भने – ‘मसँग असम्बन्धित पुरानो विषय निकालेर ओलीले अभद्र व्यवहार देखाए । उनले गरेको दुव्र्यवहार विरुद्ध प्रहरीमा उजुरी दिएको छु ।’

भुपाल ओली यातायात व्यवसायी हुन् । उनले ४-५ वर्ष अघि काउन्टर माग गर्दा नपाएको भन्ने विषय निकालेर मैनालीलाई दुर्व्यवहार गरेको बुझिएको छ । मैनाली भन्छन् – ओली हिमाल नेपाल यातायात प्रा.लि. को कार्यवहाक भन्दै हिनेको याद छ, अन्य विषय थाहा भएन ।

मैनालीमाथि भएको अभद्र व्यवहार विरुद्ध मेचीनगरमा रहेका विभिन्न यातायात संघ संगठन, श्रमिक संघ संगठनहरुले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्ति मार्फत कारबाहीको माग समेत गरेका छन् । पूर्व मेची बस व्यवसायी प्रालिले विज्ञप्ति जारी गर्दै अमानवीय र अभद्र व्यवहार विरुद्ध भत्सर्ना गरेको छ ।

दुर्व्यवहार गर्ने ओली नेकपा एमालेमा आवद्ध रहेका छन् । उनलाई मेचीनगर कमिटीले कारवाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा मैनाली विरुद्ध गरेको अभद्र व्यवहारलाई विद्रोहको संज्ञा दिएका छन् । उनले मेची बस व्यवसायी संघमा मैनालीले हालीमुहाली गरेको आरोप लगाउदै आफुहरुले प्रयोग गरिरहेको काउन्टरबाट हटाइएकोमा आक्रोस व्यक्त गरेका छन् । ओलीले लेखेका छन्,– मेची बस व्यवसायी संघ र मराराको नाममा मैनालीले धेरै मजदुर, कर्मचारीहरुलाई विस्थापित गरेका छन् । अभद्र व्यवहार गरेका ओलीले व्यवसायिक कामले ३-४ दिन बाहिर जाने समेत जानकारी गराएका छन् । उनले भनेका छन्, मेरो विरुद्ध केहि उजुरी परेमा कानुनको सम्पर्कमा सिधैं पुग्नेछु ।

प्रकाशित मिति : असार ७, २०८० बिहीबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]