बैशाख २०, २०८१ बिहीबार

झापाका किसान बस्नेतलाई युवा प्रतिभा सम्मान

बिर्तामोड । झापाको झापा गाउँपालिका– ३ का कृषक चन्द्रप्रसाद बस्नेत नगद १ लाख रुपैंयासहित राष्ट्रिय युवा प्रतिभा सम्मान– २०८० बाट सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्धारा आज बिहीबार काठमाण्डौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो ।

व्यवसायिक केरा खेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पु¥याएको भन्दै सरकारले उनलाई नगद १ लाखसहित सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु तथा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले दोसल्ला ओढाएर तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए । बस्नेत लामो समयदेखि झापा गाउँपालिकामा व्यवसायिक केरा खेती गर्दै र अरुलाई केरा खेतीका लागि प्रोत्साहन गर्दै आएका छन् ।

त्यस्तै, बस्नेत सहित सरकारले सुर्खेतका हिराबहादुर घर्तीलाई कृषि , कैलालीका हिरुलाल डंगौरा वातावरण संरक्षण, प्युठानबाट भावना भट्ट युवा सशक्तिकरण र नेतृत्व विकास, काठमाण्डौंबाट विविल राइज फाउण्डेशन पर्यटन प्रबद्र्धन र समाजसेवा, रुकुम पश्चिमबाट सृजना ओली पर्यटन प्रवद्र्धन, काठमाण्डौंबाट शौरभ रिमाल समाजसेवा, धादिङबाट दिवाकर अर्याल युवा सशक्तिकरण र नेतृत्व विकास, दाङबाट दिपेन्द्र नेपाली बिज्ञान तथा प्रविधि, धादिङका डा. रामथापा क्षेत्रीलाई स्वास्थ्यबाट राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८० बाट सम्मान गरेको हो ।

त्यस्तै, युवा पत्रकारिता पुरस्कार–२०८० बाट सरकारले केशबबहादुर रोका, मेनुका ढुङ्गाना, प्रकाशबहादुर सिंह र बिनोद घिमिरेलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : असार ७, २०८० बिहीबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]