बैशाख २७, २०८२ शनिबार

बिर्तामोड ३ लाई हरित वडा बनाउने

बिर्तामोड नगरपालिकाका केहि वडाहरु युवाहरुले नेतृत्व गरिरहेका छन् । त्यसमध्येको एउटा वडा हो, वडा नं. ३ । सो वडाले चालु आवमा कुल एक करोड १५ लाख बजेटमा काम गरेको छ । यस वडाले भौतिक पूर्वधार तर्फ ९० लाख र बाँकी रहेको २५ लाख रकम सामाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकासका निम्ति विनियोजन गरेको वडा अध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

यस वडाले भौतिक पूर्वधार तर्फ १५ वटा योजना तथा कार्र्यक्रमहरु सञ्चालन गरेको थियो । जस मध्ये सिंहकाली टोलको मूल सडकमा प्लम लगाउने काम निर्माणाधिन अवस्थामा रहेको छ भने अन्य सबै कामहरु सम्पन्न भइसकेको वडा अध्यक्ष मदन बुढाथोकीले बताए ।

वडा ३ मा चार वटा नगर स्तरीय योजना तथा कार्यक्रमहरु सञ्चालन भएका थिए । ति सबै कामहरु सम्पन्न भइसकेको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिए । यस वडामा ४१ लख रकमको नगर स्तरीय भौतिक पूर्वधारको योजना सम्पन्न भएको छ । नगर स्तरीय पूर्वधारको चार वटा योजना मध्ये ‘राज मार्ग दक्षिण शिवकुमार कडरियाको घर हुँदै पश्चिम जाने सडकको स्तरोन्नति’ गर्ने योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको छ भने अरु तीन वटा योजनाहरु भने सम्पन्न भइसकेको अवस्था छ । साथै नगरकै १५ लाख रकममा यस वडामा तमु ध्युल छोज गुरुङ सङ्ग्रालय निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

यसै गरी चालू आर्थिक वर्षमा नगर अस्पताल जाने सडकमा भने प्रदेश सरकारले एक करोड १५ लाख रकम लगानी गरेको थियो । यो सडकको काम भर्खरै सुरु भएकाले आउँदो आर्थिक वर्षमा मात्र सम्पन्न हुने अध्यक्ष बुढाथोकीले बताएका छन् ।

यसका साथै संघीय सरकारको योजना शैनिकमोड देखी गोलधाप जाने सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । यस सडकको करिव करिव सबै काम सकिएको छ । कालोपत्रेको हाल्ने काम मात्र बाँकी रहेको वडा अध्यक्ष बुढाथोकीले बताएका छन् ।

उनले भौतिक पूर्वधार विकासको पहिलो आवश्यकता भएकाले भौतिक पूर्वधारमाा धेरै लगानी गरेकोे बताएका छन् । यस वडाका सञ्चालित सबै विकासका योजनाहरु उपभोक्ता र वडा वडाको सहलागतमा सम्पन्न भएका छन् । यस वडाले भौतिक पूर्वधारको विकासमा सबैभन्दा धेरै सडक निर्माणमा लगानी गरेको तथ्यांकले देखाएको छ ।

विर्तामोड वडा नम्बर ३ को चालू आर्थिक वर्ष २०७९÷८० को योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । यस वडाले करिव ९५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भइसकेको छ ।

यहाँ प्रदेश सरकार अन्र्तगतको नगरअस्पताल जाने सडक मात्र यसै आर्थिक वर्षमा सम्पन्न होला कि नहोला भन्ने भएको वडा अध्यक्ष मदन बुढाथोकीले बताए । उनले यो देखि बाँकी रहेका सम्पूर्ण योजनाहरु यसै आर्थिक वर्षमा सम्पन्न हुने दावी गरेका छन् ।

वडा अध्यक्ष बुढाथोकीले वडालाई कस्तो बनाउने भन्ने भिजन आफूसँग भएको तर त्यो अनुरुपको बजेट नभएको बताएका छन् । उनले बजेटको अभावमा आफ्नो थुप्रै लक्ष्यहरुलाई थाँती राख्न परेको बताए । उनले वडा एक्लैले धेरै विकास गर्न सम्भव नहुने भएकाले नागरिक र वडा बीचको सहलागतमा योजनाका कामहरु गर्ने गरेको बताएका छन् । उनले यस आर्थिक वर्षमा यसरी सहलागत गरेर आठ ओटा टोलमा विजुली बत्ति लगाएको जानकारी दिए ।

उनले आफ्नो कार्यकाल भरीमा विर्तामोडको वडा नम्बर ३ लाई हरित वडा बनाउने लक्ष्य राखेको बताएका छन् । उनले यस लक्ष्यलाई पूरा गर्नका निम्ति यस चालू आर्थिक वर्षमा सुरुवात गरिसकेको बताए । उनले यस वर्ष ३२ वटा बिरुवा रोपेर हरित वडा बनाउने लक्ष्य तर्फ आफू लागेको बताए । उनले आउँदो आर्थिक वर्षमा रुख रोप्न सकिने ठाउँहरुमा एक हजार वृक्ष रोपण गर्ने योजना रहेको बताए । उनले मझौला किसिमका वृक्षहरु रोप्ने योजना रहेको बताए । उनले विषेश गरि फल लाग्ने र फूल्ने शिरिष, ज्याकाराण्ड किसिमका वृक्षहरु रोपिने बताए ।

आउँदो अर्थिक वर्षको मुख्य उद्देश्य नै वृक्ष रोपण र फोहोर मैला व्यवस्थापन रहेको अध्यक्ष बुढाथोकीले बताएका छन् । उनले नागरिकहरुमा जनचेतनाको वृद्धि गराउने र सबैलाई फोहोरमैला व्यवस्थापन गर्न प्रेरित गर्ने बताए । उनले फोहोरको सदस्यता नै वितरण गरेर फोहोर व्यवस्थापनको काम गर्ने बताए ।

अध्यक्ष बुढाथोकीले नागरिकको ठूलो अपेक्षा नभएको बताएका छन् । उनले नागरिकहरुले सानो सानो अपेक्षाहरु राख्ने गरेको आफूले महसुस गरेको बताए । नागरकहरुले धेरै मात्रामा सडक सम्बन्धि विषयहरुमा माग राख्ने गरेको बताए ।

उनले नेपालीहरुको रहेक विषयमा नकरात्कता मात्र देख्ने बानी बसेको बताउँछन् । उनले प्राय मानिसहरुले कुन निकायको काम के हो भन्ने नबुझि गाली गलोच गर्ने गरेको बताएका छन् । उनले यस किसिमको कुसंस्कार हाम्रो समाजका विकास बाधक रहेको बताए ।

उनले आउँदो आर्थिक वर्षमा विर्तामोडका विद्यालयहरुमा प्रत्येक शुक्रबार बुक फ्रि गर्ने योजना रहेको बताए । उनले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई सीप मुलक कामहरु सिकाउने योजना बनिरहेको जानकारी दिए ।

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]