बैशाख २२, २०८१ शनिबार

राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई उद्वव थापाको सुझाव

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्रीली राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताए ।

कोशी प्रदेस सभाको बैठकमा उनले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अत्याधेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताए ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]