बैशाख १७, २०८१ सोमबार

गौरादहका सुनचाँदी व्यवसायी व्यवहार विग्रियो भन्दै वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन

– प्रदीप परियार

बिर्तामोड । झापा गौरादह नगरपालिका -१ का सोमराज विश्वकर्मा कारोवार विग्रिएको भन्दै वडाध्यक्षलाई पत्र पठाएर सम्पर्क विहीन भएका छन् । गौरादहको सबैभन्दा ठुलो कारोवार गर्ने सुनचाँदी व्यवसायीको रुपमा चिनिएका विश्वकर्माले आफुलाई नखोज्ने समेत पत्रमा उल्लेख गरेका छन् ।

गौरादह -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फेसबुक म्यासेन्जर मार्फत पत्र प्राप्त भएको जानकारी दिए । उनका अनुसार पत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापामा खोजी गर्न निवेदन दिइएको छ ।

कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीले पत्रमा उल्लेख गरेका छन् । व्यवहारको विसम परिस्थितिका कारण हिडेको पत्रमा उल्लेख गर्ने व्यवसायी विश्वकर्माले घरजग्गा, श्रीसम्पत्ति, परिवार छोडेर हिडेको जनाएका छन् ।

यहि असार १५ गते पत्र लेखेर हिडेका उनले उधोग वाणिज्य संघलाई लिएको र दिएको हिसावको रेकर्डका आधारमा व्यवहार मिलाउन सहजीकरणका लागि आग्रह गरेका छन् । बैंकमा राखिएको सबै गरगहना र हिसावको रेकर्ड राखेको हुँदा सोही अनुसार मिलाइदिन वडाध्यक्षलाई पनि आग्रह गरेका छन् । पत्रमा उनले लेनदेनका क्रममा साँवाभन्दा व्याज बढि दिएको समेत उल्लेख गरेका छन् ।

व्यवसायी सम्पर्क विहीन भएपछि आइतवारबाट वडाकार्यालयमा कारोवार गर्नेहरुले उजुरी दिन थालेको वडाध्यक्ष भणडरीले जानकारी दिए । उनका अनुसार १ देखि डेढ करोडको सम्पत्ति बाहिर देखिन्छ । अरु विस्तारै खोजी हुने नै छ, त्यसका लागि प्रशासनलाई समेत जानकारी दिएका छौं, उनले भने । विश्वकर्माले करिव १५ देखि २० करोड ऋण सापटी चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : असार १८, २०८० सोमबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]