जेष्ठ २, २०८१ बुधबार

नेपालले दियो आरयरल्यान्डलाई २६९ रनको लक्ष्य

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई दुई सय ६९ नको लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको छ । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

नवौं स्थानमा ब्याटिङ गर्न आउनुभएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाउनुभयो ।

सन्दीप लामिछानेले ३२ रन बनाउनुभयो । सन्दीपले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले २९ र भिम सार्कीले २० रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमा आउट हुनुभयो । किशोर महतोले अविजित एक रन जोड्नुभयो ।

बलिङका आयरल्यान्डका बेरी म्याकर्थी, क्रेईग योङ र मार्क अडेरले दुई दुई तथा कर्टिस चेम्पर, ग्रेथ डेनाली र एन्डी म्याकब्राइनले एक एक विकेट लिनुभयो । नेपाल छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेको हो ।

आयरल्यान्ड टेस्ट मान्यता प्राप्त टोली हो । नेपालले सातौं स्थानका लागि आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो । नेपालले आज यूएईविरुद्धको खेलमा टोलीमा रहेका प्रतिस जिसी र आरिफ शेखको स्थानमा किशोर महतो र कुशल मल्ललाई मौका दिएको छ ।

आयरल्यान्डविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो ।

प्रकाशित मिति : असार १९, २०८० मंगलबार  ४ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]