बैशाख १७, २०८१ सोमबार

गौरादहका सम्पर्कविहीन व्यापारी विरुद्ध ३८४ जनाको उजुरी, २१ करोड दावी

बिर्तामोड । वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा विरुद्ध ३८४ जनाले उजुरी गरेका छन् । आइतवार देखि हिजो बुधबारसम्म उक्त संख्यामा उजुरी परेको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार सबै उजुरीकर्ताले पैसा फिर्ताको लागि उजुरी दिएका हुन् ।

कोभिड महामारी र आर्थिक मन्दीले आफ्नो व्यवहार विग्रिएको भन्दै विश्वकर्माले वडाध्यक्षलाई पत्र लेख्दै सम्पर्कविहीन भएका छन् । सोही पत्रमा आफुलाई नखोज्न समेत लेखिएको थियो । विश्वकर्मा विरुद्ध उजुरी दिनेहरुले २१ करोड ६६ लाख १२ हजार ७ सय ९७ रुपैयाँ दावी गरेका छन् । व्यापारी सम्पर्कमा नभएपछि उजुरी कर्ताहरु आफ्नो पैसा फिर्ता होला नहोला भन्ने चिन्तामा छन् ।

गौरादह नगरपालिका वडा नं २ डिपुचौक नजिकै सोम सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनले सबै हरहिसाव सुरक्षित राखिदिएको जनाएका छन् । उनको खोजीका लागि वडा कार्यलयले जिल्ला प्रशासन कार्यालयमा खोजी गरिदिन निवेदन दिएको छ ।

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]