जेष्ठ ५, २०८१ शनिबार

मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज विहान प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।

थापाले आजै दुई जना मन्त्री नियुक्त गरेका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिएका छन् ।

सभामुख समेतको हस्ताक्षर गराएर बहुमत पुराएको भन्दै तिब्र आलोचना भइरहेको छ । संविधान विपरित सभामुखले हस्ताक्षर गरेको संविधानविदहरुले प्रतिक्रिया दिइरहेका छन्

प्रकाशित मिति : असार २२, २०८० शुक्रबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]