जेष्ठ ५, २०८१ शनिबार

कोशी प्रदेशको मुख्यमन्त्रीविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् । सो रिटको आउँदो आइतबारका लागि पेसी तोकिएको छ ।

प्रकाशित मिति : असार २२, २०८० शुक्रबार  ४ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]