जेष्ठ ५, २०८१ शनिबार

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो सङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौँ शिक्षक सौगात २०८०’ शनिबार विमोचन गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्य भट्टराईले सो शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट गर्नुभयो । उहाँले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकलाई सम्मानित व्यवहार हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाही, पूर्वउपाध्यक्ष विष्णु पोखरेल, बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्की, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार २३, २०८० शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]