बैशाख २२, २०८१ शनिबार

झापा गौरादहका ३५ वर्षीय युवाद्वारा आत्मदह

बिर्तामोड । झापा गौरादह १ का एक युवाले आत्मदह गरेका छन् । आज विहान ४ बजे गौरादह –१ बस्ने सत्य नारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आत्मदह गरेको झापा प्रहरीले जनाएको छ ।

केहि वर्षदेखि विरामी शाहले आफु सुत्ने कोठामा आफैले आफैलाई आगो लगाएको प्रहरीको भनाई छ । विहान ५ बजे इप्रका गौरादहमा जानकारी प्राप्त हुन साथ इप्रका गौरादहबाट प्रनानिको टोली खटिएको र घटना स्थल सुरक्षित राखिएको बताईको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका दमकबाट प्रनिको टोली खटिएको छ । झापा प्रहरीका अनुसार आत्मदह गर्ने ब्यक्ति २-३ वर्ष अगाडी देखि डिप्रेशनको बिरामी रहेका थिए ।

उनी सुत्ने खाट छेउमा प्लाष्टिकको ग्यालेनको बिर्को खोलेको र ग्यालेन डढेको अवस्थामा फेला परेको छ । ग्यालेनमा के तरल पदार्थ थियो भन्ने कुरा यकिन हुन नसकेको प्रहरीले बताए । घरमा बुवा आमासँग बस्दै आएका शाहको श्रीमती कामको सिलसिलामा बिराटनगरमा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : असार २६, २०८० मंगलबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]