जेष्ठ ५, २०८१ शनिबार

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो साँझ ११ बजे कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

साउन ८ गते उहाँ स्वदेश फर्किने कार्यक्रम छ । अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टी उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]