बैशाख १२, २०८१ बुधबार

सम्पादकीय : चौपाय व्यापारीलाई नछोड्नु

झापा प्रहरीले पशुचौपाय तस्करीमा लगाएको रोकले व्यापारी तर्सिएका छन् । यतिसम्म कि प्रहरी विरुद्ध केहि व्यापारी अदालत नै पुगिसके । उच्च अदालत इलामले झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली र बिर्तामोडका डिएसपी मोहन थापालाई हाजिर हुन भनिसक्यो । यहि समाचारले सबेलाई अचम्मित पारेको छ । सरकारले तस्करी रोक्दा व्यापारी अदालत पुग्नु हास्यस्पद मात्र होइन गम्भीर पनि छ । सिराहका नाम चलेका व्यापारी शम्भु सिंहका छोराले प्रहरी विरुद्ध रिट निवेदन दर्ता गराएका छन् । छोराको नाममा रिट दर्ता गरिए पनि मुख्य भूमिकामा उनैका बुबा शम्भू छन् ।

पशुचौपायको व्यापार आवश्यक छ । यो पुरानो व्यवसाय नै हो । चौपायको व्यापार नयाँ होइन । र, तस्करी पनि नयाँ होइन । पश्चिम नेपालका जिल्लाबाट पूर्वमा ठुलो परिमाणमा चौपाय आउने गर्छ । कुल संख्याको सबै भन्दा धेरै उनै सिंहको चौपाय रहेको तथ्याङक छ । सिराहबाट पूर्वमा त्यसमा पनि झापा टार्गेट हुनुको कारण के हो ? झापाको बाटो हुँदै भारत निकासीमा सहज देखिए पछि व्यापारी झापालाई नै टार्गेट गरिरहेका हुन्छन् । दैनिक दर्जनौ ट्रकमा आउने झापाको कुन बजारमा खपत हुन्छ ? कुन गाउँमा खपत छ ? यसको कुनै लेखाजोखा छैन । दक्षिण झापाको बाटो हुँदै व्यापारीले भारतीयलाई निर्यात गर्छन् । यो लुकाएर लुक्ने विषय पनि होइन ।

तस्करी सिंह गरे गरेका नहोलान् । तर, उनले बेच्ने सबै चौपाय भारत नै तस्करी हुन्छ । त्यस कारण प्रहरीले दक्षिण तर्फ चौपाय लैजान कडाई गरेकै हो । प्रहरीको यो अभियानमा आम झापाबासीको सहयोग छ । अब व्यापारीले मुद्दा मामिला गर्नुको कुनै तुक छैन । शम्भु मात्र होइन , प्रहरीले सबै व्यापारी खोजी गरी उनीहरुको व्यापारिक पृष्ठभूमि बुझ्न आवश्यक छ । झापा जिल्लामा पशु बजारको ठेक्का लिनेहरुसँग व्यापारीको तालमेल छ । प्रहरीले दक्षिण लैजान नदिने भन्दा भन्दै ठेकेदार किन छोडिरहेका छन् ? ठेकेदारको पनि अनुसन्धान आवश्यक छ । यसैले तस्करी रोक्ने प्रहरी विरुद्ध मुद्दा मामिला गर्नुभन्दा सहयोग गर्न जरुरी छ ।

प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]