बैशाख २५, २०८१ मंगलबार

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

दमक – दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै सुकुनाले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।

यसअघि सेमिफाइनलमा काँकरभिट्टाले मोडल क्याम्पस दमकलाई ६–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुकुनाले भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ४–३ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको थियो ।

विजेता तथा उपविजेतालाई आयोजक युनियन सभापति सोविम न्यौपाने, दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराई, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी, क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको सभापति न्यौपानेले बताए ।

प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]