जेष्ठ १, २०८१ मंगलबार

उश्रृङ्खल व्यक्तिले ह्यूमपाइप थुन्दा दोमुखा सडक भत्कियो

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नवित्दै वर्षातका कारण भत्किएको छ ।

केही उश्रृङ्खल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जंगलबाट आएको पानी सडक माथिबाट नाघेर जाँदा कल्र्भड छेउमा सडकको केही भाग भत्किएको छ ।

सडक भत्किएको खबर पाउँना साथ शिवसताक्षी नगरपालिको टोली र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली उक्त स्थानमा पुगेका थिए । टोलीले ह्यामपाइमा बाँसको भाटा लगाईमाटोले थुनेको भेटे पछि उश्रृङ्खल व्यक्तिको खोजी कार्य सुरु गरेको थियो ।

दोमुखा सडकमा बनाइएको ह्यामपाइमा बाँसको भाटा र बाटो लगाएर थुनिदिएका कारण पानीको बहाव बढ्दा सडकको केही भाग भत्किएको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

सडक पूर्णरुपमा बनिसकेको छैन, सडकमा पर्ने कल्र्भडमा साइटको वालहरु यस आर्थिक वर्षमा बन्नेछ र मात्र सडकले पूर्णता पाउने छ । उनले भने, सडक भत्किदा हामीलाई पनि चिन्ताको विषय बन्यो तर उश्रृङखल व्यक्तिले ह्यामपाइप थुनिदिदा प्राकृतिक रुपमा बग्दै आएको पानी सडकमा गई सडकमा क्षति पुगेको हो । भत्किएको सडक पुनः निर्माण गरिने समेत नगर प्रमुख थोप्राको भनाई छ ।

ह्यामपाइप थुन्ने व्यक्ति फेला परिसेको वडा नं. १० का अध्यक्ष हर्क सिगुले जानकारी दिए । उनले पानी थुन्ने स्थानीय बासी भएको र उनले किन पानीको बहावलाई थुने भन्ने विषयमा सोधपुछ गरेर यतार्थ के हो पत्ता लाग्ने बताए ।
शिवसताक्षी नगरपालिकाका इन्जिनियर सडक भत्किनुमा नगरपालिका र निर्माण व्यवसायीको कमजोरी नरहेको जानकारी दिए । उनले कुनै व्यक्तिले व्यक्तिगत स्वार्थका लागि पानी थुनिदिता उक्त पानी सडकमा गई भत्काएको बताए ।

उक्त सडक सतासी निर्माण सेवाले निर्माण गरेको हो । सडकमा एक वर्षसम्म समस्या आए निर्माण कम्पनीले बनाइ दिने सतासी निर्माण सेवाले जनाएको छ । सडक ४ करोड २४ लाख ८३ हजार लागतमा सडक कालोपत्रेको काम सम्पन्न भएको हो । सडक कालोपत्रेका लागि शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख र संघीय समपूरक कोषको २ करोड रकम रहेको थियो ।

शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले वि।सं २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । करिब ४० वर्षपछि यस सडक बनेको हो ।

प्रकाशित मिति : श्रावण १२, २०८० शुक्रबार  २ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]