बैशाख २५, २०८१ मंगलबार

दमकका हाकिमलाई कार्यालय प्रवेशमा रोक लगाउन सदस्यहरुको माग

बिर्तामोड । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौलालाई कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश तथा हाजिरमा रोक लगाउँदै कारबाहीको माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको क्वाटरभित्र एक महिलासँगको अनैतिक भिडियो सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले कारबाहीको माग गरेका हुन् । उक्त घटनाले आम नागरिकको ध्यानाकर्षण भएको बताउँदै कार्यपालिका सदस्यहरुले तत्कालि बैठक बोलाउन माग गर्दा नगर प्रमुखले वेवास्था गरेको उनीहरुको आरोप छ ।

नगर प्रमुख रामकुमार थापाले घटना ढाकछोपमा लागेको उनीहरुको आरोप छ । अनैतिक भिडियोले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]