जेष्ठ २, २०८१ बुधबार

चार देशसम्मिलित टी–२० सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मलेसियामा सिरिज खेल्न लागेको हो ।

अगस्ट २२ देखि २६ तारिखसम्म चल्ने सिरिजमा नेपालसहित आयोजक मलेसिया, कुवेत र हङकङको सहभागिता रहने पक्का भएको छ । सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

सिरिजमा नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्नेछ । मलेसियामै भदौ १४ देखि २३ गतेसम्म आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलको तयारीका लागि नेपालले सिरिज खेल्न लागेको हो ।

छनोट खेलका लागि क्यानले खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ । रुविना क्षेत्रीको कप्तानीमा घोषित टोलीमा तीन नयाँ खेलाडीले मौका पाउनुभएको छ । टोलीमा युवा अलराउन्डर पूजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोलले पहिलो पटक मौका पाउनुभएको हो ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक मलेसिया, बहराइन, भुटान, कतार र संयुक्त अरव इमिरेट्स (युएई) रहेका छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्नेछन् ।

नेपाली टोली

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल। -गोरखापत्र

प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार  ३ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]