नेकपा एमालेको आज विशेष पत्रकार सम्मेलन
काठमाडौं – नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ । दिउसो १ बजे हुने पत्रकार सम्मेलनमा उपस्थितीका लागि सञ्चारकर्मीहरुलाई एमालेले पार्टी केन्द्रीय कार्यालयमा आमन्त्रण गरेको छ ।