सिआइवी कसैका निम्ति प्रयोग हुनुहुदैन : नेता खरेल
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले सिआइवीको काम कारबाहीमाथि प्रश्न उठाएका छन् । उनले राजनीतिक प्रतिशोधमा सिआइवी प्रयोग हुन नहुने प्रतिक्रिया दिएका छन् ।
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयलाई लिएर नेता खरेलले प्रधानमन्त्री, गृहमन्त्रीले प्रतिशोध साँधेको उनको आरोप छ । सिआइवीले राजनीतिक प्रतिशोधमा प्रयोग भएर काम गर्दा विश्वास गुम्ने बताएका छन् ।
विषेश कामले झापा आएका खरेलले संक्षिप्त कुरा गर्दै सिआइवी कसैका निम्ति प्रयोग हुन नहुने बताएका छन् । सिआइवीले स्वतन्त्र ढंगबाट काम गर्नुपर्ने उनको सूझाव छ । पूर्व मन्त्री खरेलले सरकारले पुरानो विषय कोट्याएर सांसद तर्साउन खोजेको विषयलाई सिआइवीले ख्याल नगरेको उनको भनाई छ ।