जेष्ठ ६, २०८१ आईतबार

उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गर्नुभएको हो ।

उहाँले निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि जनाउनुभयो । अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेकोे स्पष्ट गर्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक स्थितिमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो । नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले लगानी गरेपछि व्यापारीलाई लाभ लिनसक्ने वातावरण दिनुपर्नेमा जोड दिनुभयो । विभागका प्रमुख मोती दुगडले भ्रष्टाचार औद्योगीकरणका लागि बाधक हुने बताउनुभयो ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]