बैशाख २६, २०८१ बुधबार

प्रधानमन्त्रिले बोलाएको छलफलमा पनि जुटेन सहमति

काठमाडौं । आज संसद् खुलाउने विषयमा छलफल गर्न प्रधानमनिन्त्रले बोलाएको छलफलमा पनि सहमति जुट्न सकेन ।

छलफमा सहमति जुट्न नसके पछि आज १ बजेक लागि बोलाएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजे बस्ने जनाइएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]