बैशाख २५, २०८१ मंगलबार

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ । सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]