बैशाख २५, २०८१ मंगलबार

सदन चलाएर आजै विश्वासको मत लिने मुख्यमन्त्री थापाको दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने बताएका छन् । संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै आजै विश्वासको मत लिने बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसी आजै विश्वासको मत लिने कार्यसूची तय गरिने थापाले बताए ।

उनले विश्वासको मत कसरी लिने भनेर पत्रकारले राखेको जिज्ञासामा ‘तपाईँहरूलाई थाहा नै छ नि’ भन्दै पन्छिएका थिए ।

यसअघि सत्ता गठबन्धनले कानुनी परामर्श गरेका थिए । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकेकी थिइन् ।

प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि काठमाडौं हिँडेपछि सभा बस्ने नबस्ने अलमल भएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार  २ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]